Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीकाे पुत्ला दहन

प्रधानमन्त्री ओलीकाे पुत्ला दहन
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – ओली सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै सदरमुकाम विदुरमा बिहिबार प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला दहन गरेको छ ।

प्रधानमन्त्रीले व्यक्तिगत असंवैधानिक कु को विरुद्धमा अनेरास्ववियु नुवाकोटले कालो पुत्ला दहन गर्दै कालाे झण्डा बोकेर एकोहोरो शंख बजाउदै लोकतान्त्रिक चौतारामा पुत्ला दहन गरि विरोध गरिएकाे अनेरास्ववियु केन्द्रीय सदस्य प्रदिप शर्माले बताए ।

व्यक्तिकाे स्वभाव र चरित्रले जे साेच्याे त्यहि गर्ने भावनाले प्रधानमन्त्री ओलिले जुन कदम चाले त्याे असंवैधानिक र अवैधानिक छ, त्याे कदम नसच्चिएसम्म हामि निरन्तर सडकमा छाै र हुन्छाै भन्दै आफ्ना धारणा युवा नेता उद्वव पनेरु व्यक्त गरे।

नेकपा नुवाकोटकाे आज पाैष २४ गते शुक्रबार जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्रीलाई विराेध पत्रसहित संविधानकाे पुस्तक दिने र राष्ट्रकाे नाममा क्षमायाचना गरि गलत कदम सच्याउन अनुराेध गर्ने कार्यक्रम रहेकाे नेकपाका नेता बुद्धि प्रधानले जानकारी दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश