Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट रेडक्रसको ३२औं वार्षिक साधारणसभा सम्पन्न

नुवाकोट रेडक्रसको ३२औं वार्षिक साधारणसभा सम्पन्न
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – नेपाल रेडक्रस सोसाइटीको ३२औं वार्षिक साधारणसभा विदुरमा रहेको सोसाइटीको कार्यालयमा सम्पन्न भएको छ।

रेडक्रस सोसाईटीको साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारीले बिपतको समयमा रेडक्रसले देखाएको तत्परता र सहयोग आगामी दिनमा पनि अझै प्रभावकारी रूपमा अघि बढीरहनुपर्ने बताए ।

कार्यक्रममा रक्तसञ्चार भवन निर्माणको लागि सहयोग गर्ने त्रिशुली अस्पतालका डाक्टर मधुकर दाहाल र जिल्लालगायत राजधानीमा समेत रगतको अभाव हुन नदिन सहजिकरणमा योगदान गर्ने मछिन्द्र नरसिंह प्याकुरेललाई कदरपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको छ।

कार्यक्रममा सोसाईटीले जिल्लाभरबाट उत्कृष्ट उपशाखामा पञ्चकन्या रेडक्रस उपशाखा, उत्कृष्ट जुनियर रेडक्रस सर्कलमा पृथ्वी माध्यमिक विद्यालय र उत्कृष्ट स्वयम्सेवकमा भेषबहादुर पाण्डेलाई क्रमश: ५ हजार, ४ हजार र ३ हजार नगदराशीसहित सम्मान गरिएको सोसाईटीका कार्यबाहक सभापति निरन्जनप्रसाद आचार्यले जानकारी दिए ।

सोसाइटीकातर्फबाट मन्त्री हरि श्रेष्ठले सभामा वार्षिक प्रतिवेदनसँगै भावी कार्ययोजना प्रस्तुत गरेका थिए। यसै वर्षबाट सोसाइटीद्वारा सञ्चालित आकस्मिक रक्त सञ्चार सेवा केन्द्रले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । यसवर्ष आँखा शिविरबाट १० हजार ५३ जनाको आखाँ परीक्षण गरिएको छ भने चार सय १६ जनाको मोदिविन्दुको निशुल्क शल्यक्रिया गरिएको जानकारी दिए ।

कार्यक्रममा सोसाइटीका कोषाध्यक्ष श्रीराम पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

जिल्लामा सोसाइटी अन्तर्गत गठन भएका २२ वटा उपशाखा, विद्यालयस्तरमा गठन भएका ६५ जुनियर युवा रेडक्रस सर्कल र दुईवटा युवा रेडक्रस सर्कल सञ्चालनमा रहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश