Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

पेशालाई मर्यादित गर्दै प्रतिगमन विरुद्ध लाग्नुपर्ने: प्रेस संगठन नुवाकोट

पेशालाई मर्यादित गर्दै प्रतिगमन विरुद्ध लाग्नुपर्ने: प्रेस संगठन नुवाकोट
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – पत्रकारहरुले पत्रकारिता पेशालाई मर्यादित गर्दै सांगाठानिक कदमलाई शसक्त रुपमा अघि बढ्ने प्रतिबद्धताका साथ प्रेस संगठन नुवाकोटको ऐतिहासिक जिल्ला भेला सम्पन्न भएको छ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालय विदुरमा आयोजित भेलाले पार्टीमा देखिएको विभाजनपछि पहिलोपटक जिल्लामा नेकपाको भ्रातृ संगठन अनौपचारिक रुपमै विभाजित भएको प्रेस संगठन नुवाकोट संयोजक भोलाराज पौडेलले बताए ।

भेलामा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले प्रधानमन्त्री केपि शर्मा ओलिले सरकारमा बसेर आमसभा गरी आफु “पञ्च नायक” भएको पुस्टि गरेको बताए । ओलिले संविधानविरुद्ध गएर काम गरिरहेको भन्दै त्यसको पत्रकारहरुले सञ्चारमाध्यममार्फत् बहस र पैरवी गर्नुपर्ने बताए । ओलीको निजी स्वार्थको प्रतिगामी कदमले मुलुक मुठभेदतर्फ लम्किएको बताए ।

महासंघको केन्द्रिबाटनै प्रतिगमनको विरोध भैईरहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले बताए । संसद विघटन, संवैधानिक आयोगमा नियुक्तिहरु संविधानको मर्म र भावना बिपरित भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश