Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

“संसद पुनर्स्थापना गरेर सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाएको छ” – नेता अर्जुननरसिंह केसी

“संसद पुनर्स्थापना गरेर सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाएको छ” – नेता अर्जुननरसिंह केसी
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – संसद पुनर्स्थापना गरेर सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउनुको साथै त्यसमाथिको बिश्वास जगाएको काँग्रेस नेता अर्जुननरसिंह केसीले बताए ।

बुधबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले संसद पुनर्स्थापना गरेर नागरिकमा अदालतप्रतिको विश्वास कायम गरेको बताए । प्रतिनिधिसभा विघटनपछि भएका राजनैतिक विवाद तथा विरुद्धका कार्यक्रम भए । ती विरोधका कार्यक्रमहरु राजनैतिक ठाउँबाट स्वागत योग्य रहेको बताए ।

नेता केसीले संसद विघटनपछिको घटनाले सबैभन्दा बढी नागरिक समाज, कलाकार, साहित्यकार, सम्पूर्ण नागरिक समाज जुरुक्क उठेर विधिको विधान र शासनको स्थापना, संविधानको रक्षाको निम्ति आवाज उठाएकोमा आभार व्यक्त गरे ।

“अब जुनसुकै किसिमका घटना यो देशमा आओस् तर नेपालीको सर्वोच्च, सार्वभौनिकता र नागरिक अधिकारलाई अब कुनै शासक, निरंकुश सोच राख्नेहरुले त्यसलाई परिवर्तित गर्न सक्दैन र खोस्न सक्दैन भन्ने अदुततीय निर्माण सबै राजनैतिक दलले गरेको छ”, नेता केसीले भने “संसद पुनर्स्थापनाले को हार्यो? को जित्यो? भन्दा पनि संसद पुनर्स्थापनाले संविधानको सर्वोसत्ता कायम भएको छ। नेपाली जनताको सर्वोच्च कायम भएको छ।”

“संसद पुनर्स्थापना हुनासाथ सबै समस्या सिद्धीयो भन्ने होइन । यसभित्र पनि विभिन्न किसिमका जटिलता र समस्याहरु हामीले देख्नुपर्ने र भोग्नुपर्ने हुनसक्छ”, नेता केसीले भने “त्यो जटिलता र समस्याहरु संविधानको लक्ष्मण रेखा भित्र हुन्छ । संविधानभित्रै बसेरै सरकार निर्माण हुन्छ। संबिधान अहिले आफ्नो लिगमा आएको छ । नेपाली जनतामा विधिको शासन र जनताको सर्वोच्च कायम भएको छ।”

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश