Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटे टाइगरलाई “रिङ रेस्लिङ” उपाधि

नुवाकोटे टाइगरलाई “रिङ रेस्लिङ” उपाधि
बागमती सन्देश
५ साल अगाडी

पोखरा – पोखरामा आयोजित दोस्रो राष्ट्रिय “रिङ रेस्लिङ” प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । प्रतिद्वन्द्वी डेबिडलाई लक लगाउँदै उनले उपाधि रक्षा गरेका हुन् ।

नेपाल रेस्लिङ्ग संघको आयोजना पोखरा रंगशालाको बहुउद्देश्य कभर्ड हलमा शनिबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाइगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए ।

डेभिडले टाइगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारिसकेका थिए । अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर हाईजम्प मार्फत टाइगरमाथि जाइलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकेपछि घुँडा सिधैँ रिङमा बज्रिदा घाइते हुन पुगे । पछि उठ्नै नसक्ने गरी बजारिएको मौका सदुपयोग गर्दै टाइगरले डेविडमाथि लक लगाएपछि रेफ्रीको ३ काउन्टसँगै च्याम्पियन बनेका हुन् ।

उपाधिसहित उनले १ लाख तथा च्याम्पियन बेल्ट प्राप्त गरे । उपविजेतामा सीमित डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे । खेलमा चट्टान तेस्रो भए ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको खेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विजयीलाई पुरस्कृत गरे ।

नुवाकोटको शिवपुरी गाउँपालिका-६ समुन्दादेवीका कमल लामा “नुवाकोट टाईगर” सन् १९९२ अक्टोबर २३ तारिकका दिन जन्मिएका हुन् । उनको ५ फिट १० इन्च उचाई छ । सुरुमा मार्सल आर्टका चर्चित खेलाडीका रुपमा चिनिएका टाईगर हाल रेस्लिङ खेलमा चर्चा कमाइरहेका छन्। जापानीज, अमिरिकन, यूरोपियन, रेस्लरहरुबाट तालीम लिएका नुवाकोटे टाइगर हाल आफू मात्र खेल्दैनन, रेस्लिङ संघले स्थापना गरेको डोजोमा ३५ भन्दा बढी खेलाडीहरुलाई दैनिक प्रशिक्षण पनि दिन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश