Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

कीर्तिमानी खेलाडी संगिनालाई राष्ट्रपतिद्वारा प्रबल जनसेवा श्री चतुर्थ मानपदवीबाट विभुषित

कीर्तिमानी खेलाडी संगिनालाई राष्ट्रपतिद्वारा प्रबल जनसेवा श्री चतुर्थ मानपदवीबाट विभुषित
बागमती सन्देश
५ साल अगाडी

काठमाडौं – नेपाल सरकारको सिफारिसमा राष्ट्रपति द्वारा खेल क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकी ओलम्पियन तथा एशियन च्याम्पियन खेलाडी संगिना वैद्य विभूषित भएकी छिन् । उनलाई बुधबार शीतलनिवासमा आयोजित एक समारोहबीच प्रवल जनसेवा श्री चतुर्थ मानपदवीद्वारा विभूषित गरिएको हो।

वैद्य नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एशियाली पदक दिलाउन सफल खेलाडी तथा ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडि हुन् । नुवाकोटमा जन्मिएकी वैद्यले सन् १९९२ बाट तेक्वान्दो खेलजीवन सुरु गरेर २००९ मा भव्य कार्यक्रमबीच खेल जीवनबाट सन्न्यास लिएकी थिइन् । 

अन्तर्राष्ट्रिय तेक्वान्दो खेलमा सफल मानिएकी वैद्य घरेलु प्रतियोगिताहरुमा पनि नम्बर एक खेलाडी थिइन् । उनले १९९२ देखि २००४ सम्म राष्ट्रिय प्रतियोगितामा एकछत्र राजगर्दै १० अन्तराष्ट्रिय स्वर्ण पदक जितेकी थिइन्।

उनीले खेलजीवन बाट सन्न्यास लिए पश्चात राष्ट्रिय टिमका साथै बिभागीय टोली नेपाली सेनाको प्रशिक्षण सम्हालेकी थिइन्। नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा तेक्वान्दो तर्फ उत्कृष्ट प्रदर्शन गर्दै १२ स्वर्ण पदक जित्नुमा उनको प्रशिक्षणमा योगदान रहेको थियो । 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश