Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकाका पूर्व मेयर लामाको निधन

विदुर नगरपालिकाका पूर्व मेयर लामाको निधन
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लामाको निधन भएको छ ।

काेराेना संक्रमित भएपछि मनमाेहन अस्पताल काठमाडौँमा भर्ना भएका लामाकाे शुक्रबार निधन भएकाे हाे ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि स्वयम्भूस्थित अस्पतालमा भर्ना गरिएकाे थियाे । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएकाे उनको भान्जा वीरबल तामाङले जानकारी दिए ।

२०५९ सालमा तत्कालीन समयमा राजा ज्ञानेन्द्र शाहले गराएको नगरतर्फको स्थानीय निकायको चुनावमा उनी विदुर नगरपालिकाबाट राप्रपाबाट मेयर पदमा बिजयी भएका थिए । राप्रपा पश्चात उनी केही महिना अघि केपी ओली नेतृत्वमा रहेको नेकपा एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश