नुवाकोट – कोभिड-१९ का कारण रगतको अभाव नहोस् भनेर आज रक्तदान तथा प्लाज्मा दान कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक संजालको “ब्लड अन रिकोएस्ट इन नुवाकोट” नामक समुहले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा २२ जनाले दाताहरुले रक्तदान गरेको संजालका संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए ।
नुवाकोटका कोभिड संक्रमण भई निको भई १४ दिन पुरा गरी ९० दिन ननाघेका ईच्छुक प्लाज्मा दाताहरुले उक्त रक्दानमा सहभागि भएका १० जना र अन्य १२ जना गरि २२ जनाको सहभागिता प्याकुरेलले जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।




प्रतिक्रिया