नुवाकोट – नदिजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न तीन महिना रोक लगाएकोमा उक्त नियम उल्लंघन गर्ने एक आईचरलाई नुवाकोट प्रहरीले कारवाही गरिएको छ ।
उत्खनन् गर्न नपाउने निर्णयको अवेज्ञा गर्दै नदिजन्य पदार्थ संकलन तथा ओसारपसार गर्ने बा.५.ख. ४३१६ नम्बरको आईचर र आईचर चालकलाई कारवाही गरी जिल्ला समन्वय समितिमा बुझाईएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।
ती टिपरहरुलाई लिखु गाउँपालिका वडा नं.३ पट्टावारी स्थित तादी खोलाबाट नदिजन्य पदार्थ बालुवा अबैध रुपमा उत्खनन् गरी लोड गरिरहेको अबस्थामा फेला पारेको र आवश्यक कारबाहीको प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया