Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशुली प्रवाहकर्मी सम्मानित

त्रिशुली प्रवाहकर्मी सम्मानित
बागमती सन्देश
४ साल अगाडी

रसुवा – गोसाइँकुण्ड गाउँपालिकाले जिल्लामा क्रियाशील ९ जना पत्रकारलाई सम्मान गरेको छ ।

गाउँपालिकाको नवौं गाउँसभाको अवसरमा त्रिशुली प्रवाह साप्ताहिकका संवाददाता सरस्वती न्यौपानेसहित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारलाई सम्मान गरेको हो ।

सम्मानित पत्रकारहरु

सम्मानित हुनेहरुमा नेपाल टेलिभिजनका रसुवा संवाददाता सुशील कोईराला, नयाँ पत्रिका दैनिककी रसुवा संवाददाता अनु आचार्य,राष्ट्रिय समाचार समितिका बरिष्ठ संवाददाता ज्ञानेन्द्र न्यौपाने, कान्तिपुर दैनिकका संवाददाता बलराम घिमिरे, रेडियो रसुवाका समाचार प्रमुख एंवम नागरिक दैनिकका संवाददाता हिमनाथ देवकोटा र रेडियो लाङटाङ रहेका छन् ।

गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले प्रमाणपत्र प्रदानसहित सम्मानित हुने पत्रकारहरुलाई जनही ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि शहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरुमध्येबाट विभिन्न विधामा प्रत्येक वर्ष १० जनालाई गाउँपालिका “सुशासन पत्रकारिता” दिने निर्णय समेत गरेको छ । बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश