Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

टिपरको ठक्करबाट दुईजनाको मृत्यु, एक घाईते

टिपरको ठक्करबाट दुईजनाको मृत्यु, एक घाईते
बागमती सन्देश
४ साल अगाडी

काठमाडौं – टिपरको ठक्करबाट नुवाकोटका दुई युवाको ज्यान गएको छ । एकजना गम्भीर घाइते छन् ।

शनिबार राति करिब पौने ११ बजे टोखा नगरपालिका-९, दीपज्योतिमा बा२क ३४६६ नम्बरको टिपरले प्रदेश ३ ०२ ०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ का २६ वर्षीय सन्तोष अधिकारी र २२ वर्षीय दिपेश थापा रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भिर घाइते भएका ३० वर्षीय सागर खतिवडालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश