Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

निषेधाज्ञा साउन १० सम्म थपियो

निषेधाज्ञा साउन १० सम्म थपियो
बागमती सन्देश
४ साल अगाडी

विदुर – नुवाकोटमा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लम्बाइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयुक्त बैठकले आज राति १२ बजेदेखि जिल्लाभर लागुहुने गरी जारी निषेधाज्ञा थप गरिएको हो।

शुक्रबार बसेको जिल्ला प्रशासन कार्यालय नुवाकोटको बैठकले यस अघिदेखि बन्द रहेको सार्वजनिक यातायातलाई यथावत राख्दै सबै खालका व्यवसायहरु साँझ ७ बजेसम्म संचालन गर्ने पाउने लगायतको निर्णय गरेको छ।

नुवाकोटमा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म लम्बाइको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश