नुवाकोट – बगुवाबजारमा सत्यनारायण मन्दिरको जिर्णोद्धार र पुनर्निमाण सम्पन्न भएको छ ।
शनिबार विदुर नगरपालिका वडा नम्बर ८ स्थित बगुवामा एक कार्यक्रमका बीच सांसद बद्री मैनालीले मन्दिरको उद्घाटन गरेका हुन् ।
बागमती प्रदेश सरकारबाट प्राप्त २० लाख रूपैयाँ र ५ लाख ऋण गरी मन्दिरको पुनर्निर्माण गरिएको स्थानीय रामचन्द्र श्रेष्ठले जानकारी दिए।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको सुरूवात गर्न नुवाकोटमाथि आक्रमण गर्न गोरखाबाट सोही मन्दिर छेउको बाटो प्रयोग गरेको बताउंछन् ।




प्रतिक्रिया