Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

६ नम्बर वडा कार्यालय भवन उद्घाटन

६ नम्बर वडा कार्यालय भवन उद्घाटन
बागमती सन्देश
४ साल अगाडी

नुवाकोट – विदुर नगरपालिका वडा नं ६ मा नवनिर्मित वडा कार्यालयको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै मेयर पण्डितले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गरे।

पाँच कोठे उक्त भवनको लागत मूल्य ४५ लाख रुपियाँ रहेको वडाध्यक्ष राजु सडौलाले जानकारी दिए । वडाको सम्पूर्ण कार्य आजदेखि नयाँ भवनमा सञ्चालन गर्ने वडाध्यक्ष सडौलाले बताए ।

यस अघि बुधबार वडा नं ४ को वडा कार्यालय पनि उद्घाटन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश