नुवाकोट – नेपाली सेनाले संविधान दिवस २०७८ को अवसरमा आज वृक्षारोपण गरेको छ ।
जबरजंग गणद्वारा आयोजित वृक्षारोपणमा ६ नम्बर बाहिनी अड्डाका सहायक रथी रविन्द्र केसीले लालुपाते फुलको विरुवा रोपेर शुभारम्भ गरेका हुन् ।
नेपाली सेना, विदुर नगरपालिका वडा नम्बर १ र ९ को कार्यालय, सरकारी कार्यालय, नुवाकोट उद्योग वाणिज्य संघ, डिभिजन वनलगायतको सहकार्यमा हरियाली प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यका साथ विदुर नपा-१ र ९ को सिमा क्षेत्रस्थित इन्टेकमा रहेको खाली जग्गामा वृक्षारोपण गरिएको छ ।
वृक्षारोपणमा कल्की, अशोकालगायत करिव २०० वटा बोटविरुवाहरुको रोपिएको जबरजंग गणले जनाएको छ । साथै रोपिएको विरुवाको संरक्षणको लागि जाली बार पनि लगाईएको छ ।
उक्त वृक्षारोपण कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, जनप्रतिनिधि, वडाध्यक्षहरु, प्रहरी प्रमुख लगायत विशिष्ट व्यक्तिहरु नेपाली सेनाका सकलदर्जाको समेत उपस्थिती रहेको थियो ।




प्रतिक्रिया