Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

धुञ्चेमा सिसिटिभी क्यामरा जडान

धुञ्चेमा सिसिटिभी क्यामरा जडान
बागमती सन्देश
४ साल अगाडी

रसुवा – धुञ्चे बजार क्षेत्रमा हुने अपराध न्युनिकरण र शान्ति सुरक्षामा थप मजबुद बनाउन जिल्ला ट्राफिक कार्यालय रसुवाले १६ वटा सिसिटिभी क्यामरा जडान गरेको छ ।

गाेसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले आज असाेज २३ (शनिबार) गते विधिवत रूपमा सिसिटिभी क्यामराको उद्घाटन गरेका हुन् ।

जिल्ला ट्राफिक कार्यालय रसुवाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक ईन्द्रबहादुर घिसिङका अनुसार जिल्लाको सदरमुकाम धुञ्चे बजार क्षेत्र, घुम्तीहरूमा सिसिटिभी क्यामरा जडान गरिएकाे छ । सिसिटिभीबाट सबै स्थानकाे निगरानी भएपछि अपराध न्युनिकरण हुने र शान्ति सुरक्षा मजवुद हुने बताईएकाे छ ।

प्रहरीका अन्य १६ वटा पाेष्टहरूमा पनि सिसिटिभी सिसिक्यामरा जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश