Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

यार्सा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री

यार्सा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री
बागमती सन्देश
४ साल अगाडी

रसुवा – यार्सा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराईएको छ ।

शनिबार स्वस्थ्य र शिक्षित समाज निर्माण अभियानका अभियान्ता सामाजसेवी तथा नर्स प्रतिमा लामाले साविककाे यार्सा गाविस हालकाे नाैंकुण्ड गाउँपालिका वडा नम्बर २ मा रहेकाे यार्सा स्वास्थ्य चौकीलाई एक कार्यक्रमका बीच स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेकी छिन्।

करिब ४५० घरधुरीका नागरिकको स्वास्थ्य उपचारको सहजता लागि लामाले स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेसन मेसिन १ थान, नेवुलाईजर मेसिन २ थान, हिट्टर १ थान, ह्विल च्येर १ थान, फोल्डिङ बेड १ थान, बेड म्याट्रिस १ थान, बेडसिट १ थान, सिरानी १ थान, सिरानी कभर १ थान र ब्लाङकेट १ थान स्वास्थ सामग्रीहरु उपलब्ध गराएकी छिन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै लामाले मानिस स्वास्थ र शिक्षित हुदैन तब सम्म त्यस ठाउँकाे दिगाे विकास हुन सक्दैन तसर्थ रसुवाकाे दिगाे विकासकाे लागि स्वस्थ्य र शिक्षित समाज निर्माण अभियान संचालन गर्दै आईरहेको बताईन् । उनीले नारीहरू अब घरकाे चुलाेमा मात्र सिमित नरहि समाजकाे हरेक कार्यकाे नेतृत्वमा अगाडी सार्नु पर्ने भनाइ राखिन् ।

विगत ३ वर्ष देखि आफ्नो नर्सिङ पेशालाई पनि साथ लिई सामाजिक अभियानमा रमाईरहेकि उनी एक अम्बल महिला अधिकारकर्मी पनि हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश