Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार नगर्न बैंकर्स संघको आग्रह

क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार नगर्न बैंकर्स संघको आग्रह
बागमती सन्देश
४ साल अगाडी

काठमाडौं – वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार तथा व्यवसाय गैरकानुनी भएको जनाएको छ ।

संघले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो । सङघले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ ।

नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो-भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो-भर्चुअल तथा नेटर्वक मार्केटिङलगायतका गैरकानुनी वित्तीय औजारमा आवद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरेकोे पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’, संघले जारी गरेको सूचनामा भनिएको छ ।

यही माघ ९ गते नेपाल राष्ट्र बैंकले समेत भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको थियो । पछिल्लो समय नेपालमा गैरकानुनी मानिएको क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबार भइरहेको जनाइएको छ ।

जसअनुसार मङ्गलबार राजस्व अनुसन्धान विभागले सो कारोबारमा संलग्न भएको भन्दै एकै परिवारका तीनसहित चार जनाविरुद्ध रु ३७ करोड बढी माग दाबी गर्दै मुद्दा दायर गरेकोे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश