Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

रसुवाको जनसंख्या ४५ हजार नाघ्यो

रसुवाको जनसंख्या ४५ हजार नाघ्यो
बागमती सन्देश
४ साल अगाडी

नुवाकोट – राष्ट्रिय जनगणना २०७८ अन्तर्गत केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक जनगणना नतिजा अनुसार रसुवाको जनसंख्या जनसंख्या ४५ हजार ५ सय ५४ पुगेको छ ।

राष्ट्रिय जनगणना २०६८ मा रसुवाको जनसंख्या ४३ हजार ३ सय रहेकोमा २ हजार २ सय ५४ जनसंख्या नया थपिएका हुन् । केन्दिय तथ्याङ विभागका अनुसार रसुवाको जनसंख्या शुन्य दशमलव ४९ प्रतिशतले जनसंख्या बृद्धि भएको छ ।

तथ्यांक अनुसार नौकुण्ड गाउँपालिकामा १२ हजार ९५, कालिका गाउँपालिकामा १० हजार १ सय ७२, उत्तरगया गाउँपालिकामा ८ हजार ५ सय ७१, गोसाइँकुण्ड गाउँपालिकामा ८ हजार ४३ र आमाछोदिङ्मो गाउँपालिकामा ६ हजार ६ सय ७३ जनसंख्या रहेको छ ।

जिल्लामा २०३८ मा भएको जनगणनाअनुसार ३० हजार २ सय ४१, २०४८ मा ३६ हजार ७ सय ४४, २०५८ सालमा ४४ हजार ७ सय ३१ र २०६८ मा ४३ हजार ३ सय जनसंख्या रहेको थियो ।

राष्ट्रिय जनगणना २०७८ को अभियान कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश