Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बाल तथा युवा आयोग संयोजकमा अञ्जली पाण्डे

बाल तथा युवा आयोग संयोजकमा अञ्जली पाण्डे
बागमती सन्देश
४ साल अगाडी

नुवाकोट – अन्तर्राष्ट्रिय युवाहरुको संगठन जेसीज नेपाल क्षेत्र ‘सी’ को बाल तथा युवा आयोग संयोजकमा अञ्जली पाण्डे चयन भएका छन् ।

नेपाल जेसिज तथा राष्ट्रिय अध्यक्षको प्रकरण “एक्ट फर इम्प्याक्ट” लाई सफल बनाउन नुवाकोट जेसिजको कार्य मुल्यांकन गरि क्षेत्र “सी”को बाल तथा युवा आयोगको संयोजकमा मनोनयन गरिएको जेसीज नेपालका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणि भण्डारीले जानकारी दिए ।

जेसीजको ध्येय र लक्ष्य प्राप्तिका लागि प्रभावकारीताको मूल्यांकन स्वरूप जेसीज आस्थालाई आफ्नो अनुशासन बनाई वर्ष २०२२ लाई थप उचाई प्रदान गर्न पाण्डेलाई संयोजकमा मनोनयन गरिएको हो ।

नेपाल जेसीज वर्ष २०२२ को जेसिज अभियानलाई सार्थक बनाउन युवाहरुको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराई कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्याउने उदेश्यसहित उनी चयन भएका हुन् ।

संयोजक पाण्डे नुवाकोट जेसीज वर्ष २०२१ की अध्यक्ष तथा महिला मानवअधिकार रक्षकहरुको सञ्जाल नुवाकोटकी अध्यक्ष हुन् ।

जेसीज १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश