Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा  उमेशप्रसाद थानी नियुक्त
बागमती सन्देश
४ साल अगाडी

काठमाडौं – मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । बैठकले निगमको कार्यकारी निर्देशकमा थानीलाई नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए ।

थानी विद्युत प्राधिकरण र सडक बोर्डमा राजनीति नियुक्ती समेत खाइसकेका व्यक्ति हुन् । सुर्खेत निवासी थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्।

सुरेन्द्र पौडेलको चार वर्षे कार्यकाल सकिएपछि रित्त रहेको उक्त पदमा १६ जनाले आवेदन दिएका थिए । निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश