Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

हतियारसहित पक्राउ

हतियारसहित पक्राउ
बागमती सन्देश
४ साल अगाडी

विदुर – नुवाकोट प्रहरीले आईतबार एक जनालाई हतियारसहित पक्राउ गरेको छ ।

प्रहरीले किस्पाङ गाउँपालिका–३ किर्नेबगरबाट ३३ वर्षीय गोम्बो तामाङलाई एकथान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रामप्रकाश शाहलेले जानकारी दिए ।

उनका अनुसार तामाङले आफ्नै घरमा भरुवा बन्दुक सफाई गरिरहेको अवस्थामा घुम्ती प्रहरीले फेला पारेको हो । तामाङलाई आईतबारनै जिल्ला अदालतमा पेश गरेको थियो ।

तामाङसँग हातहतियारको कुनै पनि ईजाजत नभएकोले हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा मुद्दाम चार दिन थुनामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश