Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित

नुवाकोटका दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित
बागमती सन्देश
४ साल अगाडी

विदुर – स्थानीय तहको निर्वाचनमा नुवाकोटका दुई दलित महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले एउटा मात्रै उम्मेदवारी परेका स्थानमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

आयोगका अनुसार दलित महिला सदस्यका उम्मेदवार द्वय बेलकोटगढी नगरपालिकाको वडा नम्बर १ का ६२ वर्षीया ठुली कान्छी नेपाली र म्यागङ गाउँपालिकाको वडा नम्बर ६ की २८ वर्षिया कमला विश्‍वकर्मा निर्विरोध निर्वाचित भएकी हुन् ।

नेपालीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) र विश्वकर्माले नेपाली काँग्रेसबाट उम्मेदवारी दिएकी थिईन्।

निर्वाचन आयोगका अनुसार हालसम्म देशभरबाट नुवाकोटका दुई उम्मेदवारसहित ३९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश