Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बेलकोटगढीको ९७ करोड ९६ लाख बजेट

बेलकोटगढीको ९७ करोड ९६ लाख बजेट
बागमती सन्देश
३ साल अगाडी

बाघखोर – नुवाकोटको बेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

आठौं नगरसभामार्फत् नगरपालिका प्रमुख जगतबहादुर लामाले प्रस्तुत गरेको निति तथा कार्यक्रम नगरसभाले सर्बसम्मत पारित गरेको छ ।

नगरसभामा आर्थिक वर्ष २०७९/८० को बजेट नगरपालिका उपप्रमुख शिवप्रसाद दाहालले ९७ करोड ९६ लाख ६० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

नगरका सबै स्वास्थ्य चौकीमा ल्याब र प्रसुती सेवा विस्तार गरी जेष्ठ नागरिक, द्वन्द्वपीडित, शहिद परिवार र दीर्घ रोगीहरुलाई नि:शुल्क स्वास्थ्य सेवा आव २०७९/०८० को नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यालयमा इन्टरनेटको पहुँच वृद्धि गरी प्रविधि मैत्री शिक्षामा जोड दिइने र विद्यालय दिवा खाजा कार्यक्रमलाई व्यवस्थित बनाई स्थानीय उत्पादनको उपयोगमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश