Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

एनआरएनएको साधारणसभा सम्पन्न, आईसीसी र एनसीसी बिच समझदारीपत्रमा हस्ताक्षर

एनआरएनएको साधारणसभा सम्पन्न, आईसीसी र एनसीसी बिच समझदारीपत्रमा हस्ताक्षर
बागमती सन्देश
३ साल अगाडी

अमेरिका – प्रवासी नेपालीहरूको साझा सङ्गठन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको एघारौँ साधारण सभा तथा विज्ञ भेला नर्थ क्यारोलिनाको र्यालेमा जुलाई ३ र ४ तारिखमा सम्पन्न भएको छ। नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र अध्यक्ष बुद्धिसागर सुबेदीले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गरेका हुन् ।

समारोहमा आइसिसी र एनसीसी अमेरिकाको बिचमा २४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्र आइसिसीका अध्यक्ष द्वय कुल आचार्य, रविना थापा र महासचिव डा. केशव पौडेलको उपस्थितिमा एनसीसी अमेरिकाका अध्यक्ष सुवेदीले हस्ताक्षर गरेका छन् ।

सभाले विधानमा निवर्तमान अध्यक्ष प्रमुख संरक्षक रहने प्रावधानलाई हटाएर पूर्व अध्यक्ष मध्येबाट संरक्षक राख्ने, च्याप्टर सभापतिहरूलाई एनसीसी अमेरिकाको स्वतः वोर्डअफ डाइरेक्टर हुने, गिफ्ट कार्डबाट सदस्य बन्न नपाउने व्यवस्था गरेको छ। महिला प्रतिनिधित्व बढाउनको लागि कार्यसमिति र सल्लाहकार समितिमा ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गर्ने व्यवस्था गरेको छ । साधारण सभा आगामी दिनमा जुलाई को अन्तिम समयतिर हुने व्यवस्था समेत विधानमा गरिएको छ।

विगत एक वर्षमा एनसीसी, च्याप्टर तथा टास्कफोर्सले गरेर तीन सय भन्दा बढी कार्यक्रमहरू आयोजना गरेको तथा सो दौरानमा आपदविपद परेको समयमा दुई लाख पचास हजार भन्दा बढी आर्थिक सहायता गरेको जानकारी अध्यक्ष सुबेदीले दिएका छन।

यस कार्यकालको महत्त्वपूर्ण सफलताको रूपमा झोलामा रहेको संस्थालाई आफ्नो भवनमा सार्ने तयारीको रूपमा रहेको छ। भवन खरिद गर्नको लागि सम्भाव्य स्थलको निरीक्षण गरिएको र खरिद सम्बन्धी सम्पूर्ण कार्य आगामी एक वर्ष भित्रमा सम्पन्न गरिसक्ने लक्ष्य कार्यसमितिले राखेको छ।

साधारण सभाको दोस्रो दिन विभिन्न विधामा सम्मेलन भएका थिए। अमेरिकामा रहेका विद्वानहरूको भेलाको रूपमा समेत रहेको विज्ञ भेलामा विभिन्न विधामा सोध पत्रहरू प्रस्तुत भएका थिए। नेपालको विकासमा निश्चित रूपमा अमेरिकामा रहेका विज्ञहरूद्वारा दिएका राय सुझावले परिवर्तनको मार्गमा एक आयाम थप्न यस सम्मेलनले सघाउ पुर्‍याउने सबैले विश्वास लिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश