Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

फोनिज स्थापना दिवसमा १५ जनाले गरे रक्तदान

फोनिज स्थापना दिवसमा १५ जनाले गरे रक्तदान
बागमती सन्देश
३ साल अगाडी

नुवाकोट – आज नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २३औं स्थापना दिवस । यसै सन्दर्भमा फोनिज नुवाकोटले स्थापना दिवसको अवसरमा विदुरमा रक्तदान कार्यक्रम गरेको छ ।

केन्द्रको परिपत्र अनुसार देशभर रहेका फोनिजको शाखाले स्थापना दिवस मनाउने कार्यक्रमअनुसार मङ्गलबार रक्तदान गरिएको फोनिज नुवाकोटका अध्यक्ष शक्तिमाया तामाङले बताईन् । चक्रदेव हस्पिटलको प्राङ्गणमा भएको रक्तदानमा १५ जना पुरुषले रक्तदान गरेको अध्यक्ष तामाङले बताईन् ।

नेपाल आदिवासी जनजाति महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगरको प्रमुख आतिथ्यमा भएको रक्तदानमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटा, नेपाल पत्रकार महासंघ नुवाकोट अध्यक्ष कपिलदेव खनाललगायतको उपस्थिति रहेको थियो ।

रक्तदानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको रक्त सञ्चार सेवाको प्राविधिक सहयोग र बल्ड अन रिक्वेस्ट इन नुवाकोटको समन्वय रहेको थियो ।

यस्तै, फोजिन नुवाकोटले स्थापना दिवसमा सोमबार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टार लामीडाँडामा रहेको साङ्गे छ्योइलिङ दोर्जोङ गुम्बामा सरसफाई गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश