नुवाकोट – नुवाकोटबाट अमेरिका गई बसोबास गर्ने नेपालीहरूको संगठित संस्था नुवाकोट अमेरिका सम्पर्क समितिले हेमवतेष्वर बेदविद्याश्रम (गुरुकुल) लाई आर्थिक सहयोग गरेको छ ।
समितिले तादी गाउँपालिकाको वडा नम्बर ५ बाहुनबेंशीमा रहेको उक्त गुरुकुललाई एकलाख २६ हजार चारसय १९ रुपैयाँ सहयोग गरेको हो । संस्कृति जगेर्नार्थ र संरक्षणार्थको साथै विद्यार्थीको खानपान र आवासका लागि उक्त सहयोग प्रदान गरिएको समितिका अध्यक्ष विज्ञान खनालले जानकारी दिए ।
समितिका सदस्य सुरेश भण्डारीको परिवारको तर्फबाट बुधबारनै लक्ष्मी भण्डारीले गुरुकुलका अध्यक्ष भृगुऋशि मिश्रलाई २४ हजारको चेक हस्तान्तरण गरिएको छ ।
गुरुकुल वैदिक सनातन धर्मको संरक्षण, सम्बर्द्धन र आधुनिक गुरुकुलको परिकल्पनालाई साकार पार्नको लागि स्थापित भएको हो ।
समितिले नुवाकोटका शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा सहयोग परियोजना शीर्षक राखी सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।




प्रतिक्रिया