Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

क्यान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा निर्वाचित

क्यान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा निर्वाचित
बागमती सन्देश
३ साल अगाडी

काठमाडौं – कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष नवराज कुँवर एशियन ओसियन कम्प्युटिङ ईण्डष्ट्रि अर्गनाईजेशन (असोसियो) को सन् २०२३/२४ कार्यकालको निम्ति उपाध्यक्षमा निर्वाचित भएका छन् ।

सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुंवर सो पदमा निर्वाचित भएका हुन। यसअघि उनी सन् २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सह उपाध्यक्षको जिम्मेवारीमा थिए । कुंवर सन् २०१९ मा क्यान महासंघको अध्यक्ष निर्वाचित भएका थिए ।

इन्फर्मेशन सर्भिस ईण्डष्ट्रि एशोसियसन ताईवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय समितिमा नेपाल लगायत जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हंगकंग, भियतनाम, मलेशिया र सिंगापुरका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका हुन ।

एशिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सुचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनहरु सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश