Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

अब स्मार्ट क्युआरमा सहकारीको सेवा पनि, एमडबलीमार्फत भुक्तानी गर्ने सुविधा

अब स्मार्ट क्युआरमा सहकारीको सेवा पनि, एमडबलीमार्फत भुक्तानी गर्ने सुविधा
बागमती सन्देश
३ साल अगाडी

काठमाडौं – अब स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटीद्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एमडबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ । इन्फो डेभलपरद्वारा संचालित एमडबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एमडबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो ।

हाल आर्जन बचत तथा ऋण सहकारीका एमडबली प्रयोगकर्ताले यो सुबिधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए ।

भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगाएतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु यो नेटवर्कमा आवद्ध छन् । अवदेखि एमडबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुबिधा मार्फत लाभ लिन सक्ने भएका हुन् । यसले आफुहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बताए ।

यो सेवा संचालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधै सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश