विदुर – महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न एवं महिला शशक्तिकरणमा जोड दिदैँ मानव अधिकार तथा शान्ति समाज नुवाकोटले आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको छ ।
शनिबार समाजले ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा विदुर नगरपालिकाको बट्टारमा महिला अधिकार एक्केबद्धता जनाउँदै मानव अधिकार दिवस मनाएको समाजका सभापति नारायणमान डङ्गोलले बताए ।
प्रदर्शनमा अधिकारकर्मीहरुले महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर, नीति निर्माणका तहहरुमा महिलाको प्रतिनिधित्व न्युन किन ?,, महिलामाथि हुने हिंसामा दोषीलाई उन्मुक्ति किन ?, बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र किन ? लगायतका नारा लेखिएका प्डेकार्डहरु प्रदर्शन गरेका थिए ।




प्रतिक्रिया