Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

संगम सहकारीद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

संगम सहकारीद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग
बागमती सन्देश
३ साल अगाडी

विदुर – संगम सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सेवा आश्रमलाई खाद्यान्न सहयोग गरी आफ्नो २६औं वार्षिकोत्सव मनाएको छ ।

शुक्रबार सहकारीले विदुर नगरपालिका-५ देवीघाटस्थित देवीघाट जेष्ट नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान बृद्धाश्रमलाई २० हजार बराबरको खाद्यान्न सहयोग गरेको सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्दै वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको बताए ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष रमेशकुमार श्रेष्ठ, सहकारीका पदाधिकारीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सहकारीका अवधारणा, सिद्धान्त, सहकारीका मूल्य मान्यता र सहकारी ऐन नियमावलीलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक, सामाजिक तथा विभिन्न क्षेत्रहरुमा सामाजिक कार्य गर्दै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश