विदुर – मिस त्रिशुलीको उपाधि मुस्कान बज्राचार्यले जितेकी छन्। शनिबार यांग्रा होटलमा भएको प्रतियोगितामा विदुर नगरपालिका-१ त्रिशुलीकी बज्राचार्यले मिस त्रिशुलीको ताज हात पारेकी हुन्।
आरबी क्राउन एन्ड मेनेजमेन्ट प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा भावना थापामगर द्वितीय र भूमिका थापामगर भएकी छिन् ।
यस्तै, भिवर्स् च्वाइस तथा मिस पपुलरमा उर्मिला तामाङ, मिस पर्सनालिटीमा डोल्मा तामाङ, मिस हेल्दि हेयरमा कविता पौडेल, मिस फोटो ज्यानिकमा रिमा तामाङ र मिस चार्मिंङमा साइरन तामाङले उपाधी प्राप्त गरिन् ।
विजेताहरुलाई विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले पुरस्कृत गरेकी थिईन् ।
प्रतियोगिताको निर्णायकमा कलाकार तथा सञ्चारकर्मी सुरजवीर बज्राचार्य, निर्मल तामाङ, कृतना खतिवडा र सचिन बोगटी रहेका थिए ।
प्रतियोगितामा मिस ललितपुर रिजा शाक्य र मिस नुवाकोट सुरुसा श्रेष्ठको उपस्थिति रहेको थियो । प्रतियोगितामा आठ जना सुन्दरीको सहभागिता रहेको आयोजक रविन्द्र बज्राचार्यले जानकारी दिए ।




प्रतिक्रिया