Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

कल्याणीदेवी माविलाई ‘उत्कृष्ट जुनियर रेडक्रस सर्कल’ सम्मान

कल्याणीदेवी माविलाई ‘उत्कृष्ट जुनियर रेडक्रस सर्कल’ सम्मान
बागमती सन्देश
३ साल अगाडी

विदुर – बेलकोटगढी नगरपालिका-८ मा रहेको कल्याणीदेवी माध्यमिक विद्यालयलाई ‘उत्कृष्ट जुनियर रेडक्रस सर्कल’ ठहर गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको सोमबार भएको ३४औँ जिल्लासभाबाट कल्याणीदेवीलाई उक्त सम्मानको साथै नगद ४ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

जिल्लाभरका स्वयम्सेवकहरुबाट विदुर नगरपालिका वडा नंं १० का बद्रीराम प्याकुरेललाई ‘उत्कृष्ट स्वंय सेवक’ र खानीगाँउ उपशाखालाई ‘उत्कृष्ट उपशाखा’बाट सम्मान गरिएको छ ।

यस्तै, रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा सहयोग पुर्याएको भन्दै रेडक्रस नुवाकोटको पूर्वसभापति स्वर्गिय सुरतबहादुर चित्रकारको नाममा स्थापना गरिएको ‘सुरतबहादुर चित्रकार स्मृति पुरस्कार’ लिखु गाँउपालिकालाई प्रदान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश