Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

चैनपुर बस दुर्घटनामा तीनको मृत्यु

चैनपुर बस दुर्घटनामा तीनको मृत्यु
बागमती सन्देश
३ साल अगाडी

नुवाकोट – खड्गभञ्ज्याङ-गोर्स्याङ सडकखण्डको चैनपुरमा यात्रुबाहक बस दुर्घटना हुदाँ तीनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मृत्यु हुनेमा तारकेश्वर गाँउपालिका वडा नम्बर ६ का ७८ बर्षिय रामप्रसाद अर्याल, उनको श्रीमती ५५ वर्षिया सितादेवी अर्याल र वडा नम्बर ३ का ६३ वर्षिय बाबुराम दर्जी नेपाली रहेको प्रहरीले जनाएको छ ।

बट्टारको हावाघरबाट गोर्स्याङ-दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि एक गर्भवतीसहित २९ जना घाईते भएका छन् । चार जना गम्भीर घाईतेहरुको काठमाडौमा र अन्य घाईतेहरुको त्रिशुली अस्पतालमा उपचार भईरहेको छ । स्वास्थ्य अवस्थामा गम्भिर देखिएकाहरुलाई काठमाण्डौ पठाईएको त्रिशुली अस्पतालका अध्यक्ष राजु पण्डितले जानकारी दिए ।

दुर्घटनामा परि मृत्यु भएकाहरुको शव पोष्टमार्टमका लागि त्रिशुली अस्पताल ल्याईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश