Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

अनलाईनबाटै मतदाता परिचयपत्र अध्यावधिक गर्न सकिने

अनलाईनबाटै मतदाता परिचयपत्र अध्यावधिक गर्न सकिने
बागमती सन्देश
३ साल अगाडी

विदुर – जिल्ला निर्वाचन कार्यालय नुवाकोटले मतदाता नामावली अध्यावधिक विषयमा सराेकारवालासँग अन्तरक्रिया गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालयको सभाहल भएको कार्यक्रममा मतदाताले आफ्नो विवरण अनलाईनबाटै अध्यावधिक गर्न सकिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जानकारी दिए । निर्वाचन आयोगले मतदाताको सुविधाका लागि भौतिक उपस्थिती विना आयोगको वेबसाईटबाट मतदाता परिचयपत्रको आवेदन दिन सकिने र अद्यावधिक गर्न सक्ने व्यवस्था रहेको छ । अनलाईनबाटै आवेदन भरेर आफुले तोकेको स्थानबाट मतदाता परिचयपत्र लिन सकिने व्यवस्था पनि रहेको निर्वाचन कार्यालयका प्रमुख गौतमले जानकारी दिए ।

कार्यक्रममा सहायक जिल्ला अधिकारी वेदनिधी अधिकारी मतदान धादलीरहित बनाउन सुरुदेखिनै मतदाताको नामावली त्रुटी सच्चाई मतदान निर्वादरुपमा स्वच्छ, निष्पक्ष ढङ्गले सम्पन्न गर्न सबै सरोकारवालालाई अनुरोध गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका सचिव श्रीराम श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रामेश्वर गजुरेल, नेकपा एमालेका कार्यालय सचिव अरुणकुमार श्रेष्ठ लगायतले मतदाता मृत्यु र बसाइँसराईपछिको विवरणको अद्यावधिक स्थानीय तहगतका वडा र निर्वाचन आयोगले सामाजिक व्यक्तिगत घटना प्रणालीको सफ्टवेयरद्वारानै रुजु गरी नामवली हटाउनुपर्ने सुझाव राख्नुको साथै प्रशासन कार्यालयमै फोटोसहितको मतदाता परिचयपत्र बनाउन कर्मचारी खटाउन माग गरेका छन् ।

जिल्लामा आगामी वैशाख १ गटेसम्ममा महिला एक लाख १६ हजार १२ जना, पुरुष एक लाख २४ हजार २७२ जना र अन्य तीन गरी कुल तीन लाख २४ हजार २८७ जना मतदाता संख्या हुने निर्वाचन कार्यालयका प्रमुख गौतमले जानकारी दिए ।

आयोगले देशभर यहि फाल्गुण २३ गते देखि २५ गतेसम्म मतदाता नामावली अध्यावधिक गर्ने भएको छ । यस अवधिमा मतदाताको नामावलीमा दावी विरोध तथा अद्यावधिक, उजुरी, दोहोरो परिचयपत्र लगायतको विवरण सच्चाउन सकिने जनाएको छ ।

यस्तै, मृत्यु भएका व्यक्तिको नामावलीमा नाम भएको अवस्थामा खारेजीका लागि प्रमाणसहित जो-कोहीले निवेदन दिन सक्ने आयोगले जनाएको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश