Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

‘गोएएमएल प्रणाली’मा सहकारी आबद्ध हुनुपर्ने

‘गोएएमएल प्रणाली’मा सहकारी आबद्ध हुनुपर्ने
बागमती सन्देश
२ साल अगाडी

नुवाकोट – १० करोड भन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुलाई संघीय सहकारी विभागले गोएएमएल सिस्टम आबद्ध भई रिपोर्टिङ गर्न सहकारी संघ तथा संस्थाहरुलाई निर्देशन जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाईबाट सहकारी संस्थाहरुलाई आवद्ध गराउन पटकपटक विभागमा अनुरोध भई आएकाले सोही बमोजिम सबै संस्थाहरुलाई उक्त सिस्टममा आवद्ध हुन विभागले आव्हान गरेको छ ।

विभागले तोकेको निक्षेप वा पुँजीभन्दा बढीको कारोबार गर्ने सहकारीहरुलाई केन्द्रिय बैंकको वित्तीय जानकारी ईकाईमा रहेको गोएएमएलको टेस्ट इन्भाइरोमेन्ट तथा प्रोडक्सन इन्भाइरोन्मेन्टमा यथाशीघ्र रजिष्टर्ड भई वेब वा एक्सएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शंकास्पद कारोबार प्रतिवेदन र शंकास्पद गतिविधि प्रतिवेदन जस्ता विवरणहरु प्रणालीमा प्रेषित गर्न आव्हान गरेको छ ।

सम्पत्ति शुद्दीकरण निवारण ऐन २०६४ र सो अन्तर्गत बनेको नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले सम्पत्ति शुद्दीकरण निवारण सम्बन्धमा यस अघि नै तेश्रो संशोधन २०७४ समेत जारी गरिसकेको छ ।

दर्ता गर्न: https://goaml.fiu.nrb.org.np/FIUWeb/GoAml/GetRegister

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश