Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बझाङका भूकम्पपिडितलाई नुवाकोट रेडक्रसको सहयोग

बझाङका भूकम्पपिडितलाई नुवाकोट रेडक्रसको सहयोग
बागमती सन्देश
२ साल अगाडी

नुवाकोट – गत असोज १६ गते आएको विनासकारी भूकम्पका कारणले बझाङका भूकम्पपिडितलाई नुवाकोट रेडक्रसले सहयोग गरेकोछ ।

नेपाली काँग्रेस महासमिति सदस्य शान्ति लामाको समन्वयमा ३० थान ब्ल्याङ्केट राहतस्वरूप जिल्ला रेडक्रस सोसाइटी बझाङलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला रेडक्रस सोसाइटी बझाङमार्फत् बझाङ जिल्ला विपद् व्यवस्थापन समितिद्वारापिडितलाई राहत स्वरुप वितरण हुनेगरी सामग्री  हस्तान्तरण गरीएको महासमिति सदस्य लामाले बताए ।

राहत सामग्री रेडक्रस सोसाइटीको सहयोगमा संकलन गरिएको सभापति हरि श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी सङ्घ बझाङका अध्यक्ष गंगाप्रसाद जोशी र नेविसंघ केन्द्रीय सदस्य लक्ष्मणजंग कडायतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश