Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

जारपानीमा अखाद्य वस्तु

जारपानीमा अखाद्य वस्तु
बागमती सन्देश
२ साल अगाडी

नुवाकोट – नारायणी शुद्ध पानी उद्योगको जारपानीमा अखाद्य वस्तु भेटिएको छ । विदुर नगरपालिकास्थित दम्कीमा रहेको एक किराना पसलमा बिक्रीको लागि राखिएको जारको पानीमा अखाद्य वस्तु फेला परेको हो ।

विदुर नगरपालिका–९ कोलोनीस्थित उक्त कम्पनीले उत्पादन गरेको नारायणी नामक जारको पानीको ‘सिलप्याक’ भाँडोभित्र अखाद्य फेला परेको विनपा-५ माझिटारका नरेश डङ्गोलले जानकारी दिए । खानेपानी उपभोगको लागि दम्कीमा रहेको एक किराना पसलबाट जारपानी खरिद गर्दा पानीमा ‘लेउ’ जस्तो देखिने वस्तु देखिएको उनले बताए ।

उत्पादन मिति २०२४ जनवरी २१ रहेको उक्त जारपानीको अन्तिम उपभोग मिति मार्च २१ तारिख रहेको छ भने जार मापदण्ड बिपरित रहेको देखिएको छ ।

यसैबीच, जारमा अखाद्य बस्तु फेला परेको जानकारी पाएपछि बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटले उक्त पसलमा पुगेर जार निरीक्षण गरी परीक्षणको लागि नियन्त्रणमा लिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत नवराज श्रेष्ठले जानकारी दिए । 

“परीक्षणको लागि भोलि काठमाडौं पठाईने छ”, उनले भने “प्रमाण भेटिए ऐनअनुसारको कारवाही हुने छ । जारसँगै मापदण्ड विपरीत रहेको अर्को एक जार पनि नियन्त्रणमा लिएका छौं ।”

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश