काठमाडाैं – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्डबाहक ग्राहकलाई दराजबाट अनलाइनमार्फत् सामान खरिदमा १५ प्रतिशतसम्म छुट दिने योजना पुनःसार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजमा अनलाइनमार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यो योजना जेठ १३ गतेदेखि भदाै १३ गतेसम्म सञ्चालनमा रहनेछ ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा रु. ५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु. ७५० सम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइनेछ ।
बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष योजनाहरु सार्वजनिक गर्दै आएको छ । यसअघि पनि तीन महिना सञ्चालनमा रहेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः संचालन गरिएको बैंकले जनाएको छ ।




प्रतिक्रिया