Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ
बागमती सन्देश
१ साल अगाडी

विदुर – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने तीनजना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको जिल्ला ट्राफिक प्रहरी कार्यालय विदुरमा विहीबार गरिएको चेकिङका क्रममा तीनजनाले लागुपदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय, जनस्वास्थ्य कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त सहकार्यमा गरिएको चेकजाँचमा तीन जना लागूपदार्थ सेवन गरी सवारी चलाएका चालकलाई नियन्त्रणमा लिइएको हो । 

यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले लागुपदार्थ सेवन र मादक पदार्थ सेवन (मापसे) गर्नु निकै जोखिमपूर्ण भएकाले दुर्घटना न्यूनीकरणका लागि यस्तो चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जे.जङ्ग कार्की बताउँछन् । चेकजाँचमा दुईवटा मोटरसाइकल चालक र एक वटा माइक्रोबसका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाइएको ट्राफिक प्रमुख कार्कीले जानकारी दिए ।

दुर्घटना न्यूनीकरण गर्न र यात्रुहरूको सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा पर्चा पम्प्लेट टाँस्ने, ट्राफिक चिन्ह र ट्राफिक नियमबारे जनचेतना फैलाउने, सवारीसाधनहरूको अवस्थाबारे चेकजाँच गर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने लगायतका विभिन्न अभियानहरू सञ्चालन गर्दै आइरहेको छ ।

सवारीसाधनका चालकले लागुऔषध सेवन गरी सवारीसाधन चलाए–नचलाएको सम्बन्धमा समयसमयमा ट्राफिक प्रहरीले चेकजाँच गर्दै आएको छ । 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश