नुवाकोट – हाइटेन्सन लाइनको प्रभावमा परेर करेन्ट लागेकी १२ वर्षीया बालिका इन्दिरा राईको मृत्यु भएको छ ।
बेलकोटगढी नगरपालिका-१३ स्थित सिन्दुरेफाँटमा बाख्रा चराउन गएका बेला असार १ गते शनिबार अपरान्ह ३ बजे घटना भएलगत्तै उनलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका लागि पुर्याईएको थियो ।
बुधबार दिउँसो करिब २ बजे उनको मृत्यु भएको आफन्त नारन राईले जानकारी दिए ।
६६ केभीको त्रिशूली बालाजु ग्रिड अन्तर्गतको हाइटेन्सन लाइनको चार्जिङ करेन्टले बालिका बेहोस भएको नुवाकोट प्रहरीले जनाएको छ । घटनापश्चात् थप उपचारको लागि वर्न अस्पताल लागिएको थियो ।
लिखु गाउँपालिका वडा नम्बर ३ निवासी मृत बालिका सुर्यमति माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रा हुन्।
घटनापछि प्राधिकरणले उक्त लाइनको तारलाई व्यवस्थित गरेको जनाएको छ ।




प्रतिक्रिया