Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान

कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान
बागमती सन्देश
२ साल अगाडी

नुवाकोट – बागमती प्रदेश सरकार र पञ्चकन्या गाउँपालिकाको साझेदारीमा भएको आधारभूत मौरीपालन तालिममा ३० जना कृषकहरुले तालिम लिएका छन् ।

गत जेठ ३१ गतेदेखि असार १३ गतेसम्म भएको तालिममा नेपाल मौरीपालक महासङ्घ नुवाकोट शाखा अध्यक्ष एवम् नुवाकोट जिल्लालाई मौरी हब बनाउने अभियानमा अहोरात्र लागिरहेका मौरी बचाऊ अभियान्ता भीमप्रसाद अधिकारीले प्रशिक्षण दिएका थिए ।

१५ दिने तालिमको समापन गाउँपालिका उपप्रमुख विमला केसीले गर्दै पालिकाले सधैँ किसानको हितमा काम गर्ने र यस व्यवसाय सञ्चालन गर्नेलाई आगामी दिनमा अनुगमन गरेर आवश्यक सहयोग गर्ने, उत्कृष्ट व्यवसायीलाई सम्मान र पुरस्कृत गर्ने बताइन् ।

कार्यक्रममा प्रशिक्षक अधिकारीले परम्परागत रूपमा पालिएको मौरीपालनबाट भन्दा आधुनिक तरिकाले मौरीपालन गर्दा बढी लाभ उठाउन सकिने बताए ।

मौरीपालन गर्दा हुने फाइदा, चुनौती, लगायतका विषयमा कृषकलाई तालिम प्रदान गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश