Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

अवैध नदिजन्य पदार्थ गर्ने कारवाहीमा

अवैध नदिजन्य पदार्थ गर्ने कारवाहीमा
बागमती सन्देश
१ साल अगाडी

नुवाकोट – अवैध रुपमा प्राकृतिक स्रोतसाधन दोहोन गर्ने सवारी साधनहरुलाई नुवाकोट प्रहरीले कारवाही गरेको छ ।

जिल्लाको विभिन्न खोला, नालाहरुबाट अवैध रुपमा बालुवा, गिट्टी उत्खनन तथा तस्करी गर्ने पाँच वटा एस्काभेटर र चार वटा ट्रिपरलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तीलक भारतीले जानकारी दिए ।

ती सवारीसाधनहरुलाई सम्बन्धित नगरपालिका र गाउँपालिकाबाट दुई लाख नब्बे हजार रुपैयाँ जरिवाना गराई छाडिएको उनले बताए ।

खोलाबाट नदिजन्य पदार्थ बालुवा अबैध रुपमा उत्खनन् गरी लोड गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश