Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्डमा बिजुली

गोसाइँकुण्डमा बिजुली
बागमती सन्देश
१ साल अगाडी

काठमाडौं – धार्मिकस्थल रसुवाको गोसाइँकुण्डमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ। बिजुली पुगेसँगै गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीलाई सहज भएको छ।

धार्मिक एवं पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएकाे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

यसघि गोसाइँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए।

चन्दनबारीबाट करिब आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाइँकुण्डमा पुर्‍याइएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश