Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

टानमा सागर पाण्डे

टानमा सागर पाण्डे
बागमती सन्देश
१ साल अगाडी

काठमाडौं – ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् ।

टानको अध्यक्षका लागि भएको निर्वाचनमा पाण्डेले प्रत्याशी राजेन्द्र सापकोटालाई १०० मतले हराएका हुन् । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरेका छन् ।

महसचिवममा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा (५५०) विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा ५५८ मतका साथ विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल (५३५)र द्वितीय उपाध्यक्षमा सनम शेर्पा (५४४) विजयी भएका छन् ।

त्यस्तै, सचिव पदमा रिञ्जी जाङबु शेर्पा (५९१), कोषाध्यक्षमा गौतम राज वाग्ले (५८३) र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश