Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीलाई भगवती मूर्ति हस्तान्तरण

प्रहरीलाई भगवती मूर्ति हस्तान्तरण
बागमती सन्देश
१ साल अगाडी

विदुर – जेभि फाउन्डेसनले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई भगवती मूर्ति र मन्दिर सामाग्री हस्तान्तरण गरेको छ।

बुधबार फाउन्डेसका अध्यक्ष जगदीश वैद्यको समुहले नुवाकोटका प्रहरी प्रमुख शान्तिराज कोइरालालाई उक्त सामाग्री हस्तान्तरण गरेको हो।

फाउन्डेसका अध्यक्ष जगदीश वैद्यले प्रहरी कार्यालय परिसरमा रहेको भगवती मन्दिरको निमित्त गजुर, सिंह र अष्टमण्डल प्रदान गरिएको बताए।

फाउन्डेसनले झिगु:नेवा पुज:को सिफारिसमा हिन्दु सनातन धर्ममा आस्था राख्नेका लागि नेपालभरका एक वडा एक श्रीजगदिश्वर महादेव, भगवती मन्दिर, भिमसेन मन्दिर, गणेश मन्दिर, सरस्वती मन्दिरमा मूर्ति, गजुर, नन्दी, गजुर दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश