विदुर – तीन किलो गाँजासहित नुवाकोटमा दुई जना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडाैँको टोखा नगरपालिका वडा नं. ३ बानियाँटार हाईट बस्ने बर्ष २९ को पवन नेपाली र
बर्ष ३५ को रवि तामाङ रहेको छ । उनीहरुलाई प्रहरी चौकी समुन्द्रटार र अस्थाई प्रहरी पोष्ट सातबिसेबाट संयुक्त रुपमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले बिहिबार दिउँसो पक्राउ गरेको हो ।
तादी गाउँपालिका वडा नं. ४ सातबिसे बजारस्थितमा दुप्चेश्वरबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ४ ख ६३९० नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा दुई वटा झोलाभित्र लुकाएर ल्याएको अवस्थामा तीन किलोग्राम गाँजा फेला परेकोले नियन्त्रणमा लिईएको नेपाल प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तहरुविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।




प्रतिक्रिया