Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वरमा पुल र चाैपाया बगायो

दुप्चेश्वरमा पुल र चाैपाया बगायो
बागमती सन्देश
१ साल अगाडी

नुवाकोट – दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ मा राती परेको अविरल वर्षासँगैको पहिरोले दुई वटा पुल बगाएको छ ।

वर्षासँगै आएको बाढीले दुई वटा पुल केही चौपाया बगाएको नेपाल प्रहरीले जनाएको छ ।

फेदीमा पहिरो खस्दा फेदीमै रहेको काठे पुल र सिसिपु कसेरीमा रहेको झोलुङ्गे पुल बगाएको जनाएको छ । पहिरोसहितको बाढीमा केही गोठ बगेर चौपायहरू बेपत्ता भएको छ ।

अहिले घ्याङ्फेदी हुँदै कुटुङ जाने बाटो पूर्ण रूपमा अबरूद्ध रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश