विदुर – नेपाल प्रहरीको अस्थाई प्रहरी पोष्ट गुर्जेभन्ज्याङ नुवाकोटबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडौंस्थित तारकेश्वर नगरपालिका वडा नं. ६ काभ्रेस्थली बस्ने क्षेत्र बहादुर प्याकुरेल रहेका छन् ।
जिल्ला उच्च अदालत नुवाकोटको २०७८ फागुन २५ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा तीन लाख जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी टोलीले असोज ९ गते बुधबार काठमाडौँको घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए ।
जिल्ला अदालतमा बिहिबार गते पेश गर्दा उनले धरौटी रकम कट्टा गरी बाँकी रहेको पाँच लाख ९६ हजार ४०० सय जरिवाना बापतको तिर्ने नसकेकोले कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया