Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

३१ पिन्ट रगत सङ्कलन

३१ पिन्ट रगत सङ्कलन
बागमती सन्देश
१ साल अगाडी

नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी एमाले विदुर नगरपालिका वडा ५ नगर कमिटीद्वारा आयोजित रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत सङ्कलन भएको छ ।

आज घटस्थापनाको अवसरमा देवीघाटमा आयोजित रक्तदानमा ३१ जनाले रगत दान गरेको नेकपा एमाले नुवाकोटका सचिव शिवकुमार चित्रकारले जानकारी दिए ।

कमिटीलाई चलायमान गराउन सम्पादन गर्दै आएका विभिन्न गतिविधिलाई निरन्तरता दिने क्रममा यसपटक रक्तदान कार्यक्रम आयोजना गरिएको कमिटीका अध्यक्ष राजाराम गजुरेलले बताए । उनले रक्तदान जीवन दान भन्ने नारालाई थप सार्थक बनाउन कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गरेका छन् ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश